बेलायतलाई सरकारको जवाफ : नेपालमा छुट्टै कोरोना फैलिएको छैन

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । केहि बेलायती सञ्चारमाध्यमले नेपालमा कोरोना भाइरसको छुट्टै भेरियन्ट फैलिएको भन्दै समाचार प्रकाशित गरेपछि त्यसमा कुनै सत्यता नरहेको सरकारले प्रष्ट पारेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले नेपालमा अल्फा (युके भेरिएन्ट) र डेल्टा (भारतीय भेरिएन्ट)बाहेक अर्को भेरिएन्ट भेटिएको पुष्टि नभएको भन्दै बेलायतलाई पत्राचार गरिएको बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपाल कार्यालयले पनि नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक नयाँ प्रजाति नभेटिएको जनाएको छ।

नेपालमा व्यापकरुपमा डेल्टा प्रजाति फैलिएको डब्लुएचओले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्