कोरोना संक्रमणबाट कपिवस्तुका ३५ बर्षीय चिकित्सकको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । कोरोना संक्रमणका कारण कपिलवस्तु घर भएका ३५ बर्षीय फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको छ।

उनी युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत थिए।

कोरोना संक्रमण भएपछि उनी बैशाख २० गते युनिभर्सल मेडिकल कलेजको एचडीयू कक्षमा भर्ना भएका थिए।

चार दिनसम्म त्यहाँ उपचार गरेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको युनिभर्सल मेडिकल कलेजका प्रशासकीय अधिकृत कमल ढकालले बताए।

ढकालका अनुसार डा। रजौरियाकी श्रीमती डा.हसिना बानू पनि कोरोना संक्रमित थिइन्। डा। बानू अहिले भने कारोना संक्रमणमुक्त भइसकेकी छन्।

हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मीहरु कोभिड संक्रमित भएपनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको ढकालले बताए।

डा रजौरियाले कोभिड विरुद्धको खोप नलगाएको मेडिकल कलेजले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्