लकडाउन उल्लघंन गरेको आरोपमा टाइगर र दिशाविरुद्ध एफआईआर दर्ता

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफ र अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गराएको छ । उनीहरु विरुद्ध लकडाउन उल्लघंन गरेको आरोप लागको छ ।

उनीहरुलाई जुन १ मा कारमा घुम्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई बाहिर घुम्नुको कारण सोधेको थियो । उनीहरुले त्यसको ठोस जवाफ नदिएपछि उनीहरुको कागजात हेरेर एफआईआर दर्ता गरी छोडेको मुम्बई प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई धारा १८८ अनुसार केस दर्ता गराएको हो । महाराष्ट्रमा जुन १५ सम्म लकडाउन छ । जहाँ बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म हिड्न पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्