म सिङ्गो एमालेको पक्षमा छु : गोकर्ण विष्ट 

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


नेकपा एमालेका नेता गोकर्ण विष्टले आफू एमालेको एकताको पक्षमा रहेको जनाएका छन् । आफूले एकताको पक्षमा भूमिका खेल्दा आफूलाई बदनाम गरिएको उनले बताएका छन् ।

विष्ट भन्छन ,”नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुटा प्रचार गराउँदै छन् रु समयले नै बताउला ।

पार्टी र जनसङ्गठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।”


प्रतिक्रिया दिनुहोस्