इन्धन भएका देशले डिजेल,पेट्रोल बेच्छन ढुङ्गा,पानी र फलाम भएका देशले त्यही बेच्ने हो: सूर्य थापा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे जोगाउन ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित भएको बताएका छन् ।

थापाले बिहीबार बिहान ट्विट गर्दै इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्, पानी, ढुङ्गा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिने र यो गर्नु नै पर्ने धारणा राखेका हुन ।

अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा गिटी बालुवा बेचेर व्यापार घाटा काम गर्ने योजना परे पछि त्यसबाट चुरेको विनाश हुने भन्दै विरोध हुँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस्