झ्यालबाट हामफालेर भाग्न खोज्दा कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितको आइसोलसन भवनको झ्यालबाट हामफालेर भाग्न खोज्दा ज्यान गएको छ ।

बलेफी गाउँपालिका–६ मांखाका ५३ वर्षीय रत्नबहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा ज्यान गएको हो ।

जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।

जुगलले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । तर उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति हामफालेर भाग्न खोजेको बताएका छन् । उनलाई कोरोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलसनमा उपचारका लागि लगिएको थियो ।


प्रतिक्रिया दिनुहोस्