भाजपा नेता राकेश पण्डितको गोली हानी हत्या

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ । संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन् ।

यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो । घाइते भएका नेता पण्डितलाई अस्पताल लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरे । सुरक्षा गार्ड बिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो ।


प्रतिक्रिया दिनुहोस्