नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्यको सम्भावना

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत भएका छन् । मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबीच गठबन्धन बनाउने सहमति जुटेको छ ।

यसले इजराईलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शासन तत्कालका लागि अन्त्य हुने देखिएको छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन पनि नसकेपछि इजराईलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो ।

अहिले भने विपक्षी घटकहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । जस अनुसार दक्षिणपन्थी यामिना पार्टीको नेता नफ्तालि बेनेट अब प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२३ को अगष्ट २७ सम्म प्रधानमन्त्रीको कुर्सीमा रहने छन् । त्यसपछि यश अतिद पार्टीका नेता यायर लेपिड प्रधानमन्त्री बन्ने छन् ।

नयाँ सहमतिबारे विपक्षी गठबन्धनले राष्ट्रपति रुभेन रिब्लीनलाई जानकारी गराएका छन् । अब संसदबाट विश्वासको मत प्राप्त गरेपछि बेनेटले प्रधानमन्त्री नेतेन्याहुलाई विस्थापन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्