कुवेतमा नेपाली फुटबल टोलीको अभ्यास

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत भोली नेपालले पहिलो खेलमा चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दै छ।

पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोली पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवित राख्न चाहन्छ।

विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरि नेपालले हाल सम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अंक बनाएको छ।

कुवेतस्थित जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल सोही नतिजालाई निरन्तरता दिदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जिवन्त राख्न चाहन्छ।

तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेल अघि बताएका छन्।

यस अघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो।

कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो।

पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो।

नेपाल भोली चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रने छ। चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हार विर्सन लक्ष्यका साथ नेपाल विरुद्ध मैदान उत्रिनेछ।

चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड-१९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन्। सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ।

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो।

तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो।

होम गेमको रुपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो।

फिफा वरियताको १ सय ४१ औ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१ औ स्थानमा रहेको नेपाल अहिले सम्म दुई पटक आमने सामने भएका छन्। पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो।

मैत्रीपूर्ण उत्तः खेलमा १–० ले पछि परेका अवस्था उल्ट्यादै नेपालले १–१ को बराबरी खेलेको थियो।

दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटमा भिडेका थिए। जहाँ नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।


प्रतिक्रिया दिनुहोस्