गिटी-बालुवा बेचेर पैसा कमाउने सरकारी नीति घर जलाएर खरानी बेच्नु जस्तो : देउवा

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको नीतिमा ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत सो को जानकारी दिएका थिए।

यसैबीच, नेपाली काँग्रेसले सो नीतिको आलोचना गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले चुरे दोहन गरी पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको बताएका छन्।

विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको निष्कर्षका आधारमा लिएको भन्दै उनले भनेका छन्, ‘त्यसलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो।’

 


प्रतिक्रिया दिनुहोस्