फेरि स्थगित भयो एमाले स्थायी कमिटी बैठक

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठक स्थगित भएको हो।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको जानकारी दिए।

पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्