युनिलिभर नेपालले हिमाल सफाई अभियानमा नेपाली सेनासँग सहकार्य गर्ने

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । युनिलिभर नेपालले ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग सहकार्य गरेको छ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा भएको कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सन्देश पठाइ विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउने पहल गर्ने बताए छ।

उहाँले आउँदा दिनमा यस्ता कार्यक्रममा निरन्तर सहभागी हुने प्रतिवद्धता व्यक्त गरे।

जथाभावी फोहर फालिँदा त्यसले वन्यजन्तुको असमायिक मृत्युको कारक बनेको र त्यसले हिमालको सुन्दरतालाई नष्ट पारिरहेको मुखर्जीको भनाई छ।

नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमालय श्रृङ्खला सफा राख्ने पहलमा साथ दिएकोमा युनिलिभरको प्रशंसा गरे।

हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्