५३१६ नयाँ कोरोना संक्रमित थपिए, १०१ जनाको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्।

यस्तै, आज संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ। १०१ संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्