५५ अकंले बढ्यो नेप्से, १३ कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो दिनभन्दा ५५.७६ अङ्क अर्थात् २.०१ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८२७.१३ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८२७.२९१५ र कममा २७७०.८३२९ पुगेको थियो।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ। यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो ।

कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ। मंगबलार ९ अर्ब भन्दा पनि कम भएकेमा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ।

यी हुन आज धेरै कमाउने लगानीकर्ता


प्रतिक्रिया दिनुहोस्