किन स्पेनका पुरुष शिक्षकहरू स्कर्ट लगाएर स्कुल आउन थाले ?

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


स्पेनमा एक जना जेन्स विद्यार्थीलाई स्कर्ट लगाएका कारण स्कुलबाट निकालिएको थियो । यस घटना पछि स्पेनमा अनौठो आन्दोलन सुरु भयो जसको नाम कपडाको कुनै लिङ हुँदैन राखिएको छ। विद्यार्थीको समर्थनमा शिक्षकहरू स्कर्ट लगाएर स्कुल आउन थालेका छन् ।

यो आन्दोलन गत वर्ष अक्टुवर २७ देखी सुरु भएको थियो । बिलबाओ सहरमा मिकेल गोमेज नामको विद्यार्थीलाई स्कर्ट लगाएको आरोपमा निकालिएको थियो र उनलाई मानसिक सन्तुलन ठिक नभएको भनिएको थियो ।

उक्त घटना पछि गोमेज ले एक भिडियो बनाएका थिए जहाँ उनीले महिला र अनेकताको पक्षमा आफूले सन्देश दिन यस्तो गरेको बताएका थिए । जुन भिडियो निक्कै भाइरल भएको थियो । यही बाट यो स्कर्ट आन्दोलन जन्मियो र मनिसहरु स्कर्ट लगाएर स्कुल जान थाले ।


प्रतिक्रिया दिनुहोस्