६ वर्षकी बच्चिले होमवर्क धेरै भयो भनेर प्रधानमन्त्री सँग गुनासो गरेपछि कानुन नै बदलिने भयो !(भाइरल भिडियो सहित)

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


स्कुलले धेरै गृहकार्य दिएको भन्दै छ वर्षकी एक बालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग गुनासो गरेकी छिन । एक भिडियो मार्फत गरिएको गुनासो यती भाइरल बनेको छ कि राज्य सरकारले उक्त गुनासोलाई सम्बोधन गर्ने भएको छ ।

जम्मु काश्मीर कि ६ बर्सिया बालिकाले भिडियो मार्फत प्रधानमन्त्री सँग गुनासो गरेकी थिइन । उक्त भिडियो सेयर गर्दै जम्मु काश्मीरका उप राज्य पाल मनोज सिन्हाले स्कुल शिक्षा विभागलाई ४८ घण्टा भित्र बच्चाहरूलाई काम गृहकार्य गर्ने कानुन बनाउन निर्देशन दिएका छन् ।

६ वर्षकी बालिकाले गृहकार्य र अनलाइन क्लास धेरै भएको गुनासो गरेको उक्त भिडियो तलको ट्विटर लिङ्कमा हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्