कोरोनाः राष्ट्रिय अन्तराष्ट्रिय घटनाक्रमबाट के सिक्ने ? डा. उज्वल न्यौपाने

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


करिब डेढ वर्ष अघि चीनको वुहान प्रान्तबाट देखा परेको नोभेल कोरोना भाइरसले हालसम्ममा विश्वव्यापी महामारीको रूप लिई १७ करोड भन्दा बढी संक्रमित तथा ३५ लाख भन्दा बढीको ज्यान लिइसकेको छ । यस अन्तरालमा कैयौँ वैज्ञानिकहरूद्वारा खोजमूलक अध्ययन अनुसन्धानहरू भइसकेका छन् र कोरोना विरुद्धको लडाइँमा अनेक उपलब्धिहरू भएका छन् । यहाँहरू माझ आज म यो लेख मार्फत हालसम्म भएका प्रमुख घटनाक्रमहरू तथा उपलब्धिहरूको चर्चा गर्नेछु ।

२०१९ डिसेम्बर ३१ : चीनले हुबेइ प्रान्तको वुहानमा कैयौँ न्युमोनियाहरु रहेको विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो ।

२०२० जनवरी ५ : विश्व स्वास्थ्य संगठनले नयाँ भाइरस बारे खबर प्रकाशित ग¥यो ।

जनवरी १० : विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसको जाँच गर्न र उपचार सम्बन्धी जानकारी सार्वजनिक ग¥यो ।

जनवरी १२ः चीनले नोभेल कोराना भाइरस २०१९ को बारे जानकारी सार्वजनिक गरायो ।

जनवरी १३ः चीन बाहिर पहिलो संक्रमण थाइल्याण्डमा देखियो । साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने बारेमा जानकारी प्राप्त भयो ।

जनवरी २३–२४ः चीनमा संक्रमित ४१ जनाको जानकारी सार्वजनिक भयो । साथै नेपालमा समेत पहिलो संक्रमण देखा प¥यो ।

जनवरी ३०ः सार्स–कोभि–२ संक्रमण विश्वव्यापी सार्वजनिक भए सँगै स्वास्थ्य आपतकालिन अवस्थाको घोषणा भयो ।

फेब्रुअरी ११ः सार्स–कोभि–२ ले लाग्ने रोगको नाम कोभिड–१९ राखियो । साथै यसै महिनामा विश्व स्वास्थ्य संगठनले यस रोगसँग लड्न रणनीतिक उपायहरू जारी ग¥यो ।

मार्चः मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको घोषणा गरियो । मार्च १६ मा पहिलो खोपको प्रयोगशाला परीक्षण थालनी गरियो । साथै मार्चमा भारतबाट कैयौँ व्यक्तिहरू नेपाल भित्रिए र राजधारी छोड्ने मानिसहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भयो । उता इटालीको मिलानमा कैयौँमा सुँघ्ने र स्वाद लिने शक्ति गुम्ने नयाँ लक्षण देखा प¥यो । यो सँगै भाइरस घरपालुवा तथा अन्य जनावरमा पनि गुणा हुँदै जाने तथ्य फेला प¥यो । मार्च २३ मा नेपालमा दोस्रो संक्रमण देखियो र मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा भयो ।

अप्रिलः अप्रिल २ मा संक्रमितको संख्या १० लाख नाघ्यो । अप्रिल ६ मा विदेशबाट भित्रिएका थप छ जनामा संक्रमण देखियो साथै स्थानीय रूपमा सरेको पहिलो संक्रमण पनि भेटियो ।

मेइ : मेइ ५ मा फाइजर र बायोनटेकले पनि खोपको प्रयोगशाला परीक्षण थालनी ग¥यो । जटिल कोरोना संक्रमितमा रक्तनली सम्बन्धी समस्याहरु देखा परेको जानकारी प्राप्त भयो । मेइ १४ मा नेपालमा कोरोनाले पहिलो ज्यान लियो ।

जुन : कोभिड–१९ सम्बन्धित बहु प्रणाली असर गर्ने रोग युके, इटली, स्पेन र अमेरिकामा बच्चाहरुमा देखियो । जटिल कोभिडमा डेक्सामेथासोन (Dexamethasone)को प्रभावकारिता देखिएको पुष्टि भयो । जुन २८ मा संक्रमित १ करोड नाघ्यो ।

जुलाई अगष्ट : कोरोना संक्रमितमा एन्टीबडिले महिनौँ काम गर्ने तथ्य सार्वजनिक भयो । अमेरिकामा अस्पतालमा भर्ना बिरामीलाइृ प्लाज्मा थेरापीको लागि स्वीकृत प्राप्त भयो । हङकङमा पहिलो पुनसंक्रमण फेला प¥यो ।

सेप्टेम्बर, अक्टोबर : विभिन्न संस्थाहरुको खोप परीक्षण चलिरहेको जानकारी प्राप्त भयो । एस्ट्रजोनेका र अक्सफोर्ड विश्वविद्यालयको खोपको परीक्षणमा संलग्न एक जना संक्रमितको कोरोना सम्बन्धी जटिलताका कारण मृत्यु भयो, तथापि परीक्षण भने जारी राख्ने घोषणा भयो । भारतीय भेरियन्ट बि.१. ६१७ को पुष्टि भयो ।

नेभेम्बरः फाइजर-बाायोन्टेक खोपको प्रभावकारिता ९० प्रतिशत भन्दा बढी रहेको जानकारी सार्वजनिक भयो । साथै मोडर्नाले पनि एम.रा.यन.ए खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको जानकारी गरायो ।

डिसेम्बरः फाइजर-बायोन्टेक, मोडर्ना र एष्ट्राजोनेकाको खोपहरुको युके, यु।यस, युरोप तथा अन्य क्षेत्रमा प्रयोगको लागि स्वीकृत प्राप्त भयो । साथै कोरोना भाइरसको म्युटेशन (Mutation)भेरियन्टहरु जस्तै युके बि.१.१.७ जसको संक्रमण क्षमता बढी रहेको र दक्षिण अफ्रिका बि.१.३५१ भेरियन्ट जसले खोपको प्रभावकारिता घटाउने भेरियन्टको खबरहरु प्राप्त भयो ।

जनवरी २०२१ः फाइजर खोप युके भेरियन्ट विरुद्ध प्रभावकारी रहेको तथ्य पुष्टि भयो । भारतमा एष्ट्राजेनेका खोपको प्रयोगका लागि स्वीकृत प्राप्त भयो ।

फेब्रुअरीः दक्षिण अफ्रिका भेरियन्टमा एष्ट्राजोनेका खोपको प्रभावकारिता नदेखिएकाले प्रयोग बन्द गरियो ।

मार्चः जापानमा हुने ओलम्पिकमा अन्तराष्ट्रिय दर्शकको आगमन प्रतिबन्ध गरियो । विश्वभर हालसम्ममा १० करोड व्यक्ति कोरोना मुक्त भएको जोन्स हकिन्स विश्वविद्यालये दाबी ग¥यो । आइभरमेक्टिन (Ivermectin) को प्रयोग प्रभावकारी नभएको विश्वस्वास्थ संगठनको दाबी ।

अप्रिलः भारतमा कोरोना संक्रमितहरुको संख्यामा भारी अन्तरले वृद्धि भयो । भारतमा कोरोना संक्रमितमा केही मधुमेहका रोगीमा घातक ब्ल्याक फङ्गस (Black Fungus_)को संक्रमण देखियो जसको मृत्यु दर ५० प्रतिशत भन्दा माथि रहेको छ । संक्रमितमा स्टेरोइड (Steroid) प्रयोगले गर्दा ब्ल्याक फङ्लसको संक्रमण भएको हुनसक्ने जानकारी प्राप्त भयो । नेपालमा कोरोना संक्रमितमा वृद्धि हुन थालेकोले काठमाडौ तथा नेपालगन्जमा लकडाउन घोषणा भयो ।

मेइ : नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरियो । नेपालमा पनि ब्ल्याक फङ्गसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गरायो । विश्वभर अधिकांश देशहरुमा खोपको प्रभावकारिताका कारण संक्रमणमा कमी आएको छ ।

नेपालमा पनि सम्पूर्ण जनतालाई खोप उपलब्ध गराउन जरुरी देखिन्छ । निषेधाज्ञा कोरोना नियन्त्रणको लागि एक अस्थायी योजना मात्र हो र कोरोनालाई निर्मूल पार्ने मुख्य उपाय नै सबैलाई खोप लगाउनु हो । हामी सबैको मुख्य भूमिका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारद्वारा जारी गरिएका मापदण्ड तथा उपायहरू अपनाएर कोरोनाको संक्रमण दर वृद्धि हुन नदिनु नै हो । आम जनसमुदायमाझ खोप नपुगुन्जेल सम्म भौतिक दुरी कायम गरी मास्कको उचित तरिकाले प्रयोग गर्ने, सफा सुग्घरमा ध्यान दिने, आफ्नो शरीरका अंगहरु अनावश्यक रूपमा नचलाउने गरेमा रोग वृद्धि र मृत्युदरमा कमी ल्याउन सकिन्छ । साथै अहिलेको स्वास्थ्य सेवाहरूको कमी भएको बेलामा विभिन्न श्रव्य दृश्य तथा छापाका संचार माद्यम लगायत सामाजिक सञ्जाल मार्फत कसरी स्वस्थ रहने भन्ने बारे जनचेतनामूलक लेख बिचार तथा सन्देशहरु बढी भन्दा बढी प्रकाशित गरी एक अर्कालाई जानकारी दिई सहयोग गरेर हामी यस भयावह महामारीबाट बाहिर निस्कन सक्छौँ ।

 

(लेखक हेल्पिङ ह्याण्डस सामुदायिक अस्पताल, चाबहिलमा कार्यरत छन्)

 


प्रतिक्रिया दिनुहोस्