३६ सय कोरस डान्सरलाई रासन व्यवस्था गर्ने अक्षय कुमारको घोषणा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरले गर्दा धेरै मानिसको जनजीवन कष्टकर बनाएको छ । जसको मारमा बलिउडका धेरै कलाकार पनि परेका छन् ।

थुप्रै कलाकारले सहयोगको हात अगाडि बढाएका छन्। यसै क्रममा अभिनेता अक्षय कुमार कोरोनासँगको भारतको लडाईंमा आफ्नो तर्फबाट सक्दो योगदान दिँदै आएका छन् ।

हालै अक्षयले बलिउडका ३ हजार ६ सय कोरस डान्सरलाई खानाको बन्दोबस्तका लागि हरेक महिना आफ्नोतर्फबाट रासनको व्यवस्थापन गर्ने घोषणा गरेका छन्।

कोरियोग्राफर गणेश आचार्यले एक अन्तर्वार्तामा अक्षयले लकडाउनका कारण काम बन्द भएर समस्यामा परेका डान्सरको खानपिनको जिम्मेवारी अभिनेता अक्षय कुमारले लिएको बताएका छन्।

यसभन्दा अघि पनि अक्षयले ए सय थान अक्सिजन कन्सन्टझेटर कोरोना पीडितका निम्ति दान दिएका थिए । अक्षय बाहेक बलिउडका धेरै कलाकारले आफ्नो देश तथा बाहिर बसेर पनि कोरोनाको कारण संकटमा परेका व्यक्तिहरुलाई सहयोग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्