लुम्बिनीको बजेट अधिवेशन आजबाट

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


बुटवल । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठौं अधिवेशन) आज बाट शुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले प्राथामिकता दिने लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गएको वर्ष ३६ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले यो वर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् । कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामासम्मको कुरा बैठकमा हुने विपक्षी नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्