उपत्यकामा खाद्य पसल र पूर्वाधार निर्माण खुलाउने तयारी, तीन सिडिओको बैठक बस्दै

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । उपत्यकामा अब खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । २१ गतेदेखि खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

अहिले १० बजे बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे आधारिकारीक निर्णय गर्नेछ । अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण क्षेत्रमा नै कर्मचारी राखि उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ । अब थप गरिने निषेधाज्ञामा सार्वजनिक र निजी सवारी भने अझै नखुल्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्