‘चुरेका गिट्टीबालुवा बेचेर व्यापारघाटा हल हुन्छ ? वेरोजगारी हट्छ ?’

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले चुरेका गिट्टी बालुवा बेचेर बेरोजगारी नहट्ने बताएका छन् ।

सामाजिक संजालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले बजेट विमर्शको स्तर दयनीय रहेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

बजेटमा परिवर्तनको एजेण्डा नभएको टिप्पणी गर्दै अल्पविकास, बेरोजगारी, परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरणका निम्ति सरंचनात्मक परिर्वतनको एजेण्डा नभएको बताएका छन् ।

भट्टराई लेख्छन् ‘हाम्रो बजेटविमर्शको स्तर कति दयनीय: अल्पविकास/वेरोजगारी/परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरणनिम्ति संरचनात्मक परिवर्तनको एजेण्डा खोइ?अलिकति तलबभत्ता/सामाजिक सुरक्षाभत्ता बढाइदिए सबैको वाहवाही? चुरेका गिट्टीबालुवा बेचेर व्यापारघाटा हल हुन्छ?वेरोजगारी हट्छ?’


प्रतिक्रिया दिनुहोस्