कोरोना महामारी अन्त्यका लागि सघाउन अपील

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । विश्वका प्रमुख स्वास्थ्य तथा वित्तीय निकायहरूले कोभिड १९ महामारीको अन्त्यका लागि सघाउन आग्रह गरेका छन् । उनीहरुले ५० अर्ब डलरको लगानीको आह्वान गरेका छन् ।

संयुक्त वक्तव्य जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन, विश्व व्यापार सङ्गठन, विश्व ब्याङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले संसार खतरनाक बिन्दुमा पुगेको उल्लेख गरेका छन् ।

उनीहरूले खोप उत्पादन, अक्सिजन आपूर्ति, तथा कोभिड(१९ का उपचार तथा निदानमा प्रयोग हुने सामग्रीहरू र तिनको यथोचित वितरणका निम्ति स्रोतको खाँचो औँल्याएका छन् । उनीहरूले धनी देशहरूलाई तत्काल विकासोन्मुख देशहरूमा खोप दिन पनि आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्