दरबार हत्याकाण्डको आज २० वर्ष पूरा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । आज जेष्ठ १९ गते । राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ ।

तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो । उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

सरकारद्वारा गठित छानविन समितिहरुले युवाराज दीपेन्द्रले घटना घटाएको दाबीसहित प्रतिवेदन पेश गरे पनि दरबारर हत्याकाण्डलाई आजसम्म पनि रहस्यमयी रुपमा लिइएको छ ।

विरेन्द्रको वंशनाश भएपछि राजगद्दी सम्हाल्ेका भाई ज्ञानेन्द्रले समेत घटनाको सत्यतथ्य छानविनतर्फ चासो नदेखाएपछि घटनाको रहस्योद्घाटन भएन ।

दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलि संविधानसभाको चुनाव भएर २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो ।


प्रतिक्रिया दिनुहोस्