दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौ : मन्त्री अर्याल

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन।

विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रति व्यक्ति ११ लिटर दुध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने बताइन्।

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट आएको समेत बताइन्।

कोभिड १९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन्।

डिडिसीले दैनिक एक लाख लिटर दुध सङ्कलन गर्नुुपर्ने अवस्था भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक सङ्कलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन। रासस


प्रतिक्रिया दिनुहोस्