चीनले दिएको थप नौ लाख कोरोना डोज काठमाडौं आइपुग्यो

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


नेपाललाई अनुदान स्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ।

दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाज मार्फत् आठ लाख मात्रा खोप ल्याइएको हो।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी)ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए।।

उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानि बेइजिङ उडेको थियो।

बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ।

एयरलाइन्सले आÞफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ती दुईलाख मात्रा खोप निः शुल्क ल्याउने जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्