रहेनन् विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापा

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं ।  विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको ४४ बर्षको उमेरमा निधन भएको छ।

कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहेका नेता थापाको आज दिउसो ४ बजेर १५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको छ।

उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

थापा २०७६ असोज अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए। आठ वर्ष उनले अध्यक्ष पदमा रहेर काम गरेका थिए।

उनको उपचारमा खर्चको अभाव भएपछि चन्दा उठाएर उपचार गर्ने क्रममा उनको निधन भएको हो। उनको उपचारका लागि सर्वधारणले उद्भाव देखाएका थिए।

विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधनमा अस्पतालको विज्ञप्ति:


प्रतिक्रिया दिनुहोस्