राष्ट्रपतिको पत्राचारबारे भीम रावल भन्छन्-‘मुख छँदाछदै नाकले पानी पिइन्छ र?’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । पछिल्लो समय कोरोना खोप सहयोग माग्न राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय छिन्।

विभिन्न देशका राष्ट्रप्रमुखलाई राष्ट्रपति भण्डारीले पत्र पठाइरहेकी छन् भने। चिनियाँ राष्ट्रपति सि जिनपिङसँग त प्रत्यक्ष कुराकानी नै गरिन्।

कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपति भण्डारीले विदेशी राष्ट्रहरुसँग सहयोग मागेको कुराप्रति नेकपा एमाले नेता भीम रावलले आपत्ति जनाएका छन्।

देशमा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी भूमिकामा हुँदा राष्ट्रपतिले गरिरहेको पहल संविधान विपरित भएको नेता रावलको भनाई छ।


प्रतिक्रिया दिनुहोस्