२ अस्पताललाई काठमाडौं महानगरको भेन्टीलेटर सहयोग

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ।

महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई÷दुई थान आइसियु भेन्टीलेटर प्रदान गरेको हो।

आइसियु भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताए।

उनले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमिमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडी बढाइरहेको पनि जानकारी दिए।

काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरुलाई पनि सहयोग प्रदान गर्दै आएको उनले बताए।

कोभिड – १९ संक्रमितहरुका महानगरले काम गरिरहेको उल्लेख गर्दै उनले संक्रमण भए आइसोलेसन सेन्टर र अस्पतालमा आइ उपचार गराउन समेत आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्