उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपनि मेडिसिटि अस्पतालले स्रोतका अनुसार नेता थापाको भेन्टिलेटरमा उपचार जारी रहेको छ।

नेता थापाका साथी एवं डाक्टर विष्णु दवाडीले थापाबारे सामाजिक सञ्जालमा आएका हल्ला गलत भएको बताए ।

उनले भने, ‘उहाँको अवस्था जटिल हो, हाल भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’ दवाडीले मृत्यु जस्तो कुरामा भ्रमपूर्ण प्रचार नगरिदिन पनि आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्