महन्त ठाकुर र राजेन्द्र महतोमाथि उपेन्द्र-बाबुराम पक्षको कारवाही, पार्टीबाट निकाला

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार नेता निष्कासनमा परेका छन्। उनीहरुलाई पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासन गरेको हो।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो। निष्कासनमा पर्नेमा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन्।

उनीहरुलाई कारबाही गरिएकोबारे यादव पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराएको जनाएको छ । कारबाहीमा परेका नेताहरुलाई यादव पक्षले दुई पटक स्पष्टीकरण सोधेको थियो।


प्रतिक्रिया दिनुहोस्