बढ्यो सुनको भाउ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य उकालो लागेको छ । नेपाली बजारमा आज सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा प्रतितोला थप एक सय रुपैयाँले वृद्धि हुँदै मंगलबार सुन अधिकतम ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ९४ हजार पुगेको छ । महासंघका अनुसार मंगलबार चाँदी मूल्य समेत प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार ३७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्