अभिनेता करण मेहरा पक्राउ

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । ‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको चर्चित भूमिका निभाएर अभिनेता करण मेहरालाई प्रहरीले पक्राउ गरेको छ ।

करणकी श्रीमती तथा अभिनेत्री निशा रावले घरेलु विवादपछि गोरेगांवमा करणविरुद्ध ऊजुरी दर्ता गराएकी भारतीय मिडियाले जनाएको छ । मुम्बई प्रहरीका अनुसार मुद्दा दर्ता भएको छ । केही दिन अघि निशा र करणको वैवाहिक जीवनमा खटपट भएको भन्ने खबर आएको थियो ।

यद्यपि, निशा रावलले यस्तो खबरलाई ठाडै अस्वीकार गरेकी थिइन् । निशाले यसमा केही पनि वास्तविकता नभएको बताएकी थिइन् । निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् ।

‘ये रिश्ता क्या कहलाता है’ मा करण सात वर्षसम्म मुख्य भूमिकामा देखिएका थिए । उनले नैतिक सिंघानियाको भूमिका निभाएका थिए । शोमा हिना खान अपोजिट रोलमा थिए ।


प्रतिक्रिया दिनुहोस्