‘आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्य ज्ञान ?’

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको आलोचना गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको प्रतिवाद गरेका छन् ।

विपक्षी गठबन्धन तर्फका अधिवक्ताहरूले सर्वाेच्च अदालतले गठन गरेको संवैधानिक इजलासप्रति नै प्रश्न उठाएपछि हिजो प्रधानमन्त्री ओलीले ‘कालो कोटधारी’ अराजक भएर सडकमा ताण्डव मच्चाएको आरोप लगाएका थिए ।

यसैको प्रतिवाद गर्दै कांग्रेस प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ब्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ,देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!!’


प्रतिक्रिया दिनुहोस्