प्रतिनिधिसभा विघटनबिरूद्ध परेकाे रिटमाथि संवैधानिक संवैधानिक इजलास बस्दै

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडाैं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक संवैधानिक इजलास आज बस्दैछ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले मुद्दा हेर्न नमिल्ने भनी आफूमाथि उठेको प्रश्नको जवाफ इजलासमै दिने तयारी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ नै शुरु नभई इजलास गठनकै विषयमा केन्द्रित भएर ‘हेर्दाहर्दै’ मा रोकिएको थियो । प्रतिनिधिसभा विघटनको विवादमा ३० वटा रिट निवेदन परेका छन् ।

निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने पक्षमा छन् भने प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै ४ वटा रिट निवेदन भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गते गर्नुभएको निर्णय बदर गरी असंवैधानिक र गैरकानूनी घोषित गर्न माग ती निवेदनमा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्