कार्त्तिकसम्म सबैलाई कोरोना खोप : अर्थमन्त्री पौडेल

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कात्तिकसम्म सबैलाई कोराना भाइरस विरुद्धको खोप लगाउने गरि सरकारले तयारी गरेको बताएका छन्।

खोपका लागि सरकारले पहल तिव्र गरिरहेकाले खोप चाँडै उपलब्ध हुने उनले बताए। आगामी बर्षको बजेटमा खोपका लागि २६ अर्ब छुट्याएको भन्दै मन्त्री पौडेलले जसरी पनि खोप आउँने बताए।

दक्षिण एसियामा नागरिकलाई सबैभन्दा पहिला कोरोना खोप उपलब्ध गराउने देश नेपाल हुने मन्त्री पौडेलको दाबी छ।

आउँदो मंसिर महिनामा सरकारले चुनावको घोषणा गरेका छ। त्यसअघि नै भोटिङ गर्ने सबैलाई कोरोना खोप लगाउने गरि तयारी भएको मन्त्री पौडेलले बताएका हुन।

चुनावमा मास्क नलगाई भोट हाल्ने व्यवस्था गरिने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्