उज्वल थापाको रिपोर्ट नेगेटिभ, तर स्वास्थ्य अवस्था गम्भीर

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । कोरोना संक्रमणका कारण भेन्टिलेटरमा उपचाररत विवेकशिल साझा पार्टीका अध्यक्ष उज्वल थापाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

सो पार्टीकी नेतृ रन्जु दर्शनाका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपनि त्यसअघि भाइरसले दीर्घकालिन क्षति गरिसकेको चिकित्सकले बताएका छन्।

अवस्था गम्भीर रहेको र चिकित्सकले हरसम्भव कोसिस गरिरहेको उनले बताएकी छन्।


प्रतिक्रिया दिनुहोस्