नेपालमा पनि संक्रमित भएकामा भेटियो ‘कालो ढुसी’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेपालमा पनि कोरोनाभाइरस संक्रमणबाट निको भएका मानिसहरुमा ‘कालो ढुसी’को संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म कम्तिमा १२ जनामा आँखा बिगार्ने ‘ब्ल्याक फङ्गस’को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंका अस्पतालबाट कालो ढुसी संक्रमणको विवरण आएको स्वास्थ्य मन्त्रालयको प्रवक्त्ता डा। कृष्णप्रसाद पौडेलले बताए ।

भारतमा पनि ब्ल्याक फङ्गसबाट हजारौ मानिस संक्रमित फेला परिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्