चुनावमा एमाले उम्मेदवार हारेपछि शान्ता चौधरीको आक्रोश

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन्।

आज भएको उपनिर्वाचनमा काँगेस गठबन्धनका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका हुन।

पाण्डेले चार हजार एक सय ४० मत ल्याएर विजयी भए।

नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत मात्र प्राप्त गरे।

प्रधानमन्त्री ओली नेतृत्वको एमालेका उम्मेद्वार हारेपछि बालुवाटारलाई अर्को धक्का लागेको छ। पछिल्ला चुनावमा ओली नेतृत्वको दलले हरेक क्षेत्रमा हारमात्रै बेहोरिरहेको छ।

आजको उपनिर्वाचनमा एमाले उम्मेद्वार हारेपछि ओली पक्षीय नेतृ एवं सांसद शान्ता चौधरीले माधव नेपाल पक्षमाथि आक्रोश पोखेकी छन्।

उनले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै दशकौंदेखि कम्युनिष्ट आन्दोलनमा विताएको राजनीतिक यात्रा राजनीतिक जीवनको उत्तरार्धमा कांग्रेसमा विलय भएको टिप्पणी गरेकी छन्।

यस्तो छ चौधरीको स्टाटस

”रुखमा छाप लगाई हाल्नु भयो अब त चार तारे झण्डा बोक्नुहोस कमरेड, के बाँकी भयो र!
दशकौंदेखि कम्युनिष्ट आन्दोलनमा विताएको राजनीतिक यात्रा राजनीतिक जीवनको उत्तरार्धमा कांग्रेसमा विलय भएको देख्दा खुशी त के लाग्नु , तपाईंको इतिहास पढ्नेले तपाईंलाई के भन्लान त्यस अर्थमा दुस्ख लाग्यो।”


प्रतिक्रिया दिनुहोस्