मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद् बैठक आवह्वान गरेका छन्।

बालुवाटारमा साँझ ६ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका छन्।

बैठकका एजेन्डा खुलाइएको छैन। प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरबीच आजै सरकारमा सहभागिता जनाउनेबारे सहमति भएको थियो।

आजको बैठकमा सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

त्यस्तै राजपा नेपालसँगको सत्ता साझेदारीका विषयमा जानकारी गराउने तयारी छ।

राजपा नेपालसँगको साझेदारीका लागि केही मन्त्री हटाउनुपर्ने र केहीको जिम्मेवारी समेत हेरफेर हुने भएकाले बैठकमा प्रधानमन्त्री ओलीले सो जानकारी दिन लागेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्