राजेन्द्र महतो लगायत मन्त्री बन्दै, जसपाको भागमा ८ मन्त्री र २ राज्यमन्त्री!

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्त ठाकुरबीच ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने सहमति भएको जनाइएको छ।

८ मन्त्री र २ राज्यमन्त्री लिएर जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको हो।

जसपाबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव र एकवाल मिया मन्त्री बन्ने पक्का भएको छ।

रेणुका गुरुङ, चन्द्रकान्त चौधरीलाई राज्यमन्त्री बनाउने विषयमा छलफल जारी रहेको बताइएको छ।

जसपाले गृहमन्त्रालय भने नपाउने भएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पूर्वमाओवादी मन्त्रीहरु सर्वोच्चको आदेशपछि पदविहिन भएपछि जसपा सरकारमा जान लागेको हो।

जसपाको माग सम्बोधनका लागि सरकारले नागरिकता अध्यादेश जारी गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्