नेपालगञ्जका मेयरले गरे राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज (सोमबार) भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन् ।

देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै उनले मतदान नगर्ने घोषणा गरेका हुन् ।

‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ सामाजिक सञ्जालमार्फत मेयर राणाले भनेका छन्, ‘अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’ राणा राप्रपाबाट निर्वाचित मेयर हुन् ।


प्रतिक्रिया दिनुहोस्