हवाई दुर्घटनामा अभिनेता जोय लाराको निधन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । हलिउड फिल्म सिरिज ‘टार्जनः द इपिक एडेभञ्चर्स’ का अभिनेता जोय लाराको हवाई दुर्घटनामा निधन भएको छ । ५८ वर्षीय अभिनेता चढेको प्लेन अमेरिकाको नासभिली सहर नजिकैको तालमा दुर्घटना भएको थियो ।

एनडीटीभीका अनुसार दुर्घटनामा उनकी श्रीमति ग्वेन लारा र अन्य पाँच यात्रुको पनि निधन भएको छ ।फ्लोरिडाको पाम बिचका लागि स्माइर्ना एयरपोर्टबाट उडेको १९८२ सेसन सी५०१ नम्बरको सानो जेट प्लेन उड्नासाथ दुर्घटनामा परेको हो ।

गोताखोरले तालबाट प्लेनका विभिन्न टुक्रा तथा मानिसका अंग फेला पारेका छन् ।मृतक अन्य पाँचको पनि पहिचान भएको छ । लाराकी श्रीमति रेमनन्ट फेलोसिप चर्चकी संस्थापक हुन् । अन्य पाँच यात्रुहरु ब्रेन्टवुड, टेन्नेसी र लाराको चर्चाका सदस्यहरु हुन् ।


प्रतिक्रिया दिनुहोस्