एमाले स्थायी कमिटी बैठक फेरि सर्‍यो

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो पटक सरेको छ । आज साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो ।

पुनः भाेलि बिहान ११ बजे बस्ने गरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

आज लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको नेताहरूले जनाएका छन् । आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

यस अघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेकाे भनि हस्ताक्षर गरेका घनश्याम भुसालसहित अन्य थप १२ जनालाई स्पष्टीकरण साेधेकाे थियाे । तर ती सबै नेताहरूले स्पष्टीकरण बुझाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्