च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता अर्लिङ हाल्याण्ड

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नर्वेजियन फुटबलर अर्लिङ हाल्याण्ड च्याम्पियन्स लिग फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर हालाण्ड यस सिजनको च्याम्पियन्स लिग फुटबलको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

च्याम्पियन्स लिगको यस सिजनमा क्वाटरफाइनलसम्म पुगेको डर्टमण्डका हालाण्ड ८ खेलमा १० गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । हालाण्डले सर्वाधिक गोलकर्ता बन्ने क्रममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका केलियन एमबाप्पेलाई पछि पारे ।

एमबाप्पेले यस सिजन ८ गोल गरे । भने अल्भारो मोराटा, मार्कस रासफोर्ड, नेयमार, ओलिभर जेरुड, युसुफ एन नेस्री, मोहमद सलाह र करिम बेन्जिमाले समान ६/६ गोल गरे ।

च्याम्पियन्स लिगको यस सिजनको उपाधि भने चेल्सीले जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले पन्छाउँदै उपाधि उचालेको हो ।


प्रतिक्रिया दिनुहोस्