लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभाको उपनिर्वाचन हुदै

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ ।

उपनिर्वाचनमा दुईजनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवारी दिएका हुन् ।

दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ।

निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने जनाएको छ । निर्वाचनमा प्रदेश सांसद ८३ तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष २१७ गरी जम्मा मतदाता ३ सय पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्