‘उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर’

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत रहेका विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको विवेकशिल साझाका अध्यक्ष रविन्द्र मिश्रले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!’


प्रतिक्रिया दिनुहोस्