कोरोनाका कारण त्रिविका दुई सहप्राध्यापक, ११ शिक्षक र १२ कर्मचारीको निधन

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणले त्रिभुवन विश्वविद्यालय दुई सहप्राध्यापकसहित ११ शिक्षक र १२ कर्मचारीको निधन भएको छ।

त्रिभुवन विश्वविधालय रजिष्ट्रार कार्यालयले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको छ।

शंकरदेव क्याम्पस र पद्म कन्या क्याम्पसका सह प्राध्यापक क्रमश किशोर महर्जन र डा.शेरजङ खड्का तथा उपप्राध्यापकहरुमा अंग्रेजी केन्द्रीय विभाग, कीर्तिपुरका शंकर सुवेदी, पद्मकन्या क्याम्पसका विनय प्रसाई, शिक्षा शास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका दीपक मैनाली, भोजपुर बहुमुखी क्याम्पसका निमा शेर्पा र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका उमेश यादब रहेका छन्।


प्रतिक्रिया दिनुहोस्