कोरोना संक्रमणबाट पत्रकार गौतमको निधन

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । अन्नपूर्ण राष्ट्रिय दैनिक र एपीवान टेलिभिजनका दोलखा संवाददाता रविन्द्र गौतमको कोरोना संक्रमणका कारण निधन भएको छ।

३८ वर्षीय गौतमको आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते उनलाई चरिकोट अस्पतालबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। गौतमको उपचारकै क्रममा निधन भएको हो।

गौतमका वृद्ध आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी छन्।

गौतलले इमेज च्यानल, अभियान आर्थिक दैनिक, डिसी नेपाल डटकम, नवतरंग साप्ताहिकमा काम गरिसकेका छन। पछिल्लो समय उनी अन्नपूर्ण राष्ट्रिय दैनिक र एपीवान टेलिभिजनमा दोलखा संवाददाताको रुपमा कार्यरत थिए।


प्रतिक्रिया दिनुहोस्