नेताहरुलाई पढाउन पनि बजेट छुट्याउँदा हुने! : नायिका शिवाकोटी

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १५ गते अर्थात हिजो आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरेको छ।

अध्यादेश मार्फत ओली सरकारले ल्याएको बजेटबारे अनेक टिकाटिप्पणी भइरहेका छन्।

राजनीतिक दलहरुले सरकारले चुनावी नारा दिइएको बजेट ल्याएको जुन कार्यान्वयन हुन नसक्ने बताइरहेका छन्।

यसैबीच, बजेटबारे नायिका बर्षा शिवकोटीले नेतालाई पढाउन पनि बजेट विनियोजन गर्दा हुने टिप्पणी गरेकी छन्।

बजेट लोकप्रिय भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुमा लेखेकी छन्, ‘बजेट त सँधै राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ। तर बजेट भाषण सकिने बित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ।’

उनले अगाडि लेखेकी छन्, ‘नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्, यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने।’


प्रतिक्रिया दिनुहोस्