३३ वर्षीया प्रेमिका क्यारीसँग ५६ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले गरे बिहे !

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन् । बीबीसीले जनाए अनुसार ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार कम मानिसहरूको उपस्थितिमा ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेका हुन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ। बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ।

जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन। विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए।

-बीबीसी


प्रतिक्रिया दिनुहोस्